• वैशाख ८, २०८०
  • जुनकिरी खबर

काम ढिलो गर्ने ठेकेदार कम्पनीको गाडी मेयरको नियन्त्रणमा

alt

रानी विराटनगर इटहरी   व्यापारिक मार्ग विस्तार आयोजनाको ठेकेदार कम्पनीको गाडी इटहरी नगरपालिकाले नियन्त्रणमा लिएको छ । भारत र   चीन जोड्ने  ‘लिङ्क’ रोडको रुपमा  विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा भएको भन्दै गाडी नियन्त्रणमा लिएको हो ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५।३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ।

यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्दता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम दिएको छ।  विराटनगर–धरान सडक खण्ड अन्तर्गतको अब निर्माण बाँकी हुन तरहरादेखि धरानको सेउतीसम्म बाँकी छ। हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको सडक निर्माण सुस्त हुँदा इटहरी उपमहागनरपालिको ध्यानाकर्षण गराउँदा पनि चाँसो नदिएपछि मेयर हेमकर्ण पौडेल नेतृत्व टोलीले एउटा सवारी साधन नियन्त्रणमा लिएको हो ।

मेयर पौडेलका अनुसार छ लेन सडक विस्तार आयोजनाका प्रमुख र  ठेकेदार कम्पनीलाईं पटक पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेकाले गर्दा अब तीन दिन भित्र लिखित प्रतिबद्दता नआए थप प्रक्रिया अगाडि बढाइनेछ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]