• जेठ २७, २०७६
  • जुनकिरी खबर

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

alt

सिन्धुली : मरिण गाउँपालिका- २ मुंग्रेमा ट्याक्टर दुर्घटना हुँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा मरिण गाउँपालिका- ४ मरुवा बस्ने वर्ष १३ का सुकमान जिम्वा र ३ वस्ने वर्ष १४ का सागर माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।

यस्तै, सोही दुर्घटनामा परी मरिण गाउँपालिका- ३ का वर्ष १४ का अभिषेख माझी घाइते भएका छन्। मुंग्रेबाट सखौरीतर्फ आउँदै गरेको अनटेस्ट ट्याक्टर सोमबार होटौडा-चतरा सडकखण्डअन्तरगत मुंग्रेमा अनियन्त्रित भई दुर्घटना भएको हो। 

दुर्घटनापछि ट्याक्टरका चालक स्याम माझी फरार छन्।मृतक दुबै बालकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपीलाकोटमा ल्याइएको छ भने घाइतेको पनि सोही केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]