• वैशाख ८, २०८०
  • जुनकिरी खबर

धरानका मेयर राईले चालकको जागिर खाइदिए

alt

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीको गाडी चलाउने एक सवारी चालकलाई कामबाट निकालिदिएका छन् । श्रमदानका लागि प्रयोग गरिएको गाडी दुर्घटना भएको निहुँमा चालक तेजकुमार राईलाई निष्कासन गरिएको हो । मेयर राईले उक्त दुर्घटना र निष्काशनलाई लुकाउनसमेत खोजेको पाइएको छ ।

गत चैत २३ गते कोकाहा जाने क्रममा खानेपानी आयोजनाको सवारी दुर्घटना भएको थियो । दुर्घटनाको बेलामा गाडीको बिमा नवीकरण ‘फेल’ थियो । भोलिपल्ट हतारहतार झुटो विवरण पेश गर्न लगाएर नवीकरण गरेपछि उनलाई मेयरको ठाडो आदेशमा कामबाट निकालिएको हो । 

२३ गते नै गाडी दुर्घटनामा परेपनि २७ गतेमात्र दुर्घटना भएको भन्न लगाइएको थियो । हाकिमले अह्राएअनुसार गरेका चालक राईलाई वैशाख २ गतेदेखि हाजिर हुन दिइएन । 

हाजिर गर्न जादा मेयरसापको आदेश भन्दै हाजिर गर्न नदिइएको उनले गुनासो गरे । त्यसपछि उनी मेयर राईको कार्यकक्षसम्म पनि पुगे । तर राईले ‘तिमीसँग म केही बोल्दिनँ’ भन्दै नगर प्रहरी लगाएर कार्यकक्षबाट निकालेको दुःखेसो पोखेका छन् । मेयरले सवारी दुर्घटनाबारे कोही कर्मचारीले मिडियामा बोले कारवाही गर्ने चेतावनीसमेत दिएको सवारी चालक राईले बताए । जागिरबाटै निकालिदिएपछि भने बोल्न बाध्य भएको उनले बताए । 

उनले कोरोनाको समयमा आँट गरेर बिरामी तथा लासलाई गाडीबाट ओसारेका थिए । सामान्य त्रुटीका कारण सवारी दुर्घटना भएको र एक्कासी निष्काशन गर्दा आफू अन्यायमा परेको उनको भनाई छ । दुर्घटनामा परेको उक्त गाडी मर्मतका लागि अहिले दिइएको बताइएको छ । तर कहाँ दिइएको छ भन्नेसमेत खुलाइएको छैन ।  त्यसैपनि मेयर राईले घोषणा गरेको श्रमदान उपमहानगरपालिकाको आधिकारीक कार्यक्रम होइन । यो राईले थालेको अभियान हो । उक्त अभियानलाई बैठकबाट लेखेर लान वडाध्यक्षहरुले माग गर्दै आएका छन् । तर मेयर राईले अभियानलाई उपमहानगरपालिकाबाट टार्ढै राखेर सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा नगरका स्रोत साधनको दुरुपयोग भइरहेको समेत आवाज उठेको छ ।

त्यसैले दुर्घटनालाई ढाकछोप गर्न लागिएको हुनसक्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]