• वैशाख १०, २०८०
  • जुनकिरी खबर

सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका थप दुईजनाको शव भेटियो

alt

 सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ । बैशाख ६ गते बराहक्षेत्र मन्दिर नजिकै कोकाहा खोला नजिकै सप्तकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको हो । योसँगै सप्तकोसीमा डुबेका तीनजनाको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा दमक नगरपालिका ९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईँ रहेका छन् ।

सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक देवेन्द्र रोक्काका अनुसार नवीनको भने बैशाख ६ गते नै घटनास्थल नजिकै करिब ४ घण्टापछि शव फेला परेको थियो । बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले शनिबार फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार रूद्रको शव घटनास्थल नजिकै फेला परेको थियो । त्यस्तै, राजुको शव भने बराहक्षेत्र नगरपालिकाको २ नम्बर वडा स्थित आठ आरडीको ठूलो कोसीमा फेला परेको उनले बताए । दुवैको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]