• वैशाख १०, २०८०
  • जुनकिरी खबर

अल्टीट्युड क्लव इटहरीको लोगो अनावरण

alt

अल्टीट्युड क्लव इटहरीको लोगो अनावरण गरिएको छ । इटहरीमा क्लव स्थापना गरिएपनि खेलकुद सहित शिक्षा, स्वास्थ्य लगायतका विषयमा देशमै महत्वपुर्ण योगदान गर्ने लक्ष्य राखेको अल्टीट्युड क्लव इटहरीको लोगो इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमविच गरेका हुन ।

सामाजिक विकासका क्षेत्रमा युवा परिचालनमा जोड दिदै स्थापित अल्टीट्युड क्लवको लोगो अनावरण सहित टिर्सट पनि सार्वजनिक गरियो । पिताम्बर तिमल्सिनाको अध्यक्षतामा तर्दथ समिति वनाइएको अल्टीट्युड क्लवको लोगो अनावरण सहितको कार्यक्रमले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

पुर्व क्षेत्रको एक आकर्षक पर्यटकीय क्षेत्र तालतलैयामा आयोजना गरिएको अल्टीट्युड क्लवको कार्यक्रममा खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्ले , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली , नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , इटहरी उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष रतन कार्की ,वडा नम्बर २का वडाध्यक्ष माधव प्रसाद कोइराला लगायतका अतिथीहरुको सहभागिता रहेको तर्थद समितिका उपाध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए ।

इटहरी क्षेत्रमा नयाँ सामाजिक संस्थाका रुपमा स्थापित भएको अल्टीट्युड क्लव इटहरीले खेलाडी उत्पादन , खेलकुद क्षेत्रको विकास साथै अन्य सामाजिक कार्यमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]