• वैशाख १०, २०८०
  • जुनकिरी खबर

कोशी ट्रक व्यवसायी संघको अध्यक्ष विद्यापति

alt

कोशी ट्रक व्यवसायी संघ इटहरीको १७ औं अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजना भएको सफत तथा पदस्थापन कार्यक्रममा १७ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष विद्यापति उपाध्याय लगायतका नयाँ कार्य समितिले पदभार ग्रहण गरेको हो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपमहासचिव मेघराज सिग्देलको प्रमुख आतिथ्यमा भएको पदस्थापना कार्यक्रममा संघको अधिवेशनबाट सर्वसम्मत चयन भएका वरिष्ठ उपाध्यक्ष ईश्वर भट्टराइ, उपाध्यक्ष गणेश श्रेष्ठ,महासचिव हिम प्रसाद फुयल,सचिव जिवन अधिकारी र कोषाध्यक्ष भोला प्रसाद निरौला चयन भएका थिए ।

 

त्यसै गरी  सदस्यहरु अरुण कुमार झा,राजकुमार  खड्का, ओमनाथ सेडाई,श्रवण कुमार खवास, रमेश दाहाल ,तिर्थराज खड्का, कमल भट्टराइले आफनो पदभार ग्रहण गरेका हुन । यही बैशाख ५ गते सम्पन्न अधिवेशनवाट सर्वसम्मत चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका किशोर भण्डारीले प्रमाण पत्र वितरण गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]