• वैशाख १३, २०८०
  • जुनकिरी खबर

पानीपीया - सेउती खण्डको काम तीन दिन भित्रमा थाल्ने निर्माण कम्पनीको प्रतिबद्धता

alt

चीन र भारतसँगको जोड्ने त्रिदेशीय ‘लिङ्क’ रोडको रूपमा  विस्तार भइरहेको इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माणको काम तीन दिनभित्रमा थाल्ने सहमति भएको छ। 
रानी विराटनगर इटहरी धरान किमा थाङ्का व्यापारिक मार्गमा रोकिएको काम तीन दिनबाट सुरु गर्न सहमति भएको हो । 
ठेकेदार कम्पनीले सो खण्डको काम नगर्दा सडक विस्तारको काम रोकिएको थियो । रोकिएको सडक थाल्न इटहरी उपमहानगरले पटक पटक भन्दा पनि कम्पनीले काम थालेको थिएन । 
 
सडक निर्माणको जिम्मा भएइको ठेकेदार कम्पनी, इटहरी उपमहानगरपालिका र छ लेन सडक आयोजनाबिच बुधवार भएको छलफलमा निर्माण कम्पनीले तीन दिनभित्रमा सडक थाल्ने लिखित सहमति गरेको हो । 
इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । 
 
निर्माण कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहानगरपालिकाले शुक्रवार एउटा सवारी साधन नियन्त्रणमा लिएको थियो । 
उपमहानगरपालिकाले सडक सुस्त ढङ्गले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम समेत दिएको थियो । 
निर्माण कम्पनीका ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट आउन ढिला भएकाले काम रोकिएको बताए । उनले धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताए । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]