• वैशाख १३, २०८०
  • जुनकिरी खबर

इटहरीमा बैङ्कको चर्को ब्याजदर विरुद्ध सङ्घर्ष समिति गठन

alt

बैङ्कको चर्को ब्याजदर को विरुद्धमा उद्योग वाणिज्य सङ्घ इटहरीले चरणबद्ध कार्यक्रम ल्याउने भएको छ । उद्योग वाणिज्य सङ्घले अल्पकालीन र दीर्घकालीन योजना सहित सङ्घर्षका कार्यक्रम गर्ने गरी सङ्घका सदस्य ध्रुव अधिकारीको संयोजकत्वमा समिति पनि गठन गरेको छ । 
 
बैङ्कको चर्को ब्याजदर को विरुद्धमा निरन्तर कार्यक्रम गर्ने उद्देश्यले समिति गठन भएको नवगठित समितिका संयोजक ध्रुव अधिकारीले जानकारी दिए । समितिका अन्य सदस्यहरू विभिन्न बस्तुगत सङ्घसँगको छलफल पछि  दुई दिन भित्रमा थप गरी पूर्णता दिइने अधिकारीले जानकारी दिए । 
 
बैङ्कको ब्याजदरका विषमा पहिलो चरणमा सबै बैङ्कका जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको छ । यस्तै बैंर्कस सङ्घ, जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपमहानगरपालिका सहित अन्य सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र सहित डेलिगेसनका लागि जाने संयोजक अधिकारीले जानकारी दिए । 
 
थप कार्यक्रमको योजना निर्माणका लागि उद्योग वाणिज्य सङ्घ इटहरीले आज विभिन्न वस्तुगत सङ्घका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]