• वैशाख १७, २०८०
  • जुनकिरी खबर

धरान उपमहानगर र बराहक्षेत्र नगरबीच लिखित सहमति

alt

धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच लिखित सहमति भएपछि कोकाहा खोलाको पानी धरान ल्याउन दिइने भएको छ । जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको उपस्थितिमा धरानका नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की तथा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ ओम भट्टराईको उपस्थितिमा छलफल भएको हो ।

छलफलमा २ दिनभित्र लिखित सहमति गर्नेगरी दुवै पालिकाले दुई सदस्यीय कार्यदल बनाएर सम्झौता गर्ने बराहका नगर प्रमुख कार्कीले जानकारी दिए ।

उनले आफ्ना जनतालाई पानी खुवाउन बराह नगरपालिका सक्षम रहेको भन्दै धरान पानी लाने क्रममा बराहको भूमि प्रयोग गरी गरिने कार्य कारण हुने वातावरणीय प्रभावको धरान उपमहानगरपालिका जिम्मेवार हुनुपर्ने बताए ।

उनका अनुसार लिखित समझैतामा बराहले ४ वटा मुख्य माग राखेको छ । जसमा धरान उपमहानगरको कार्यपालिकाबाट खानेपानी व्यवस्थापनका लागि गरिएको संस्थागत निर्णय, धरान खानेपानी बोर्डको संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको जनाएको छ ।

यस्तै, बराहक्षेत्रलाई निश्चित कर दिनुपर्ने ग्यारेन्टीसहितको लिखित सहमति गरिएको कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]