• वैशाख २०, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेश एमाले संसदीय दलको उपनेतामा राना

alt

नेकपा एमाले संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत भएका छन् । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन् ।

यस्तै, सचेतकमा सृजना राई मनोनीत भएकी छिन् । उनीहरू दुवै जनालाई मुख्यमन्त्री कार्कीले बुधवार मनोनीत गरेका हुन् ।

राना मगर इलाम क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए । राई समानुपातिकबाट सांसद बनेकी हुन् । गत फागुन १७ गते प्रदेशको नामकरण हुँदा राना मगर कोशी प्रदेशको प्रस्तावक थिए । त्यसपछि भएको पहिचानवादीहरूको आन्दोलनका कारण उनी आफ्नो निर्वाचन क्षेत्रमा जान सकेका छैनन् ।

नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका रानाले प्रदेश नामकरणको विषयमा मुख्यमन्त्री नै दोषी भएको अभिव्यक्ति दिन थालेपछि मुख्यमन्त्री कार्कीले उनलाई उपनेताको जिम्मेवारी दिएका हुन् ।

प्रमुख सचेतकमा भने रेवतीरमण भण्डारी यस अघि नै नियुक्त भइसकेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]