• वैशाख २०, २०८०
  • जुनकिरी खबर

इटहरीमा सार्वजनिक शौचालय उद्घाटन

alt

इटहरी उपमहानगरमा बुधवार देखी नयाँ शौचालय सञ्चालनमा आएको छ । इटहरीको पूर्व लाइन जिटबिकास चोकमा नयाँ शौचालय निर्माण भएको हो । राजनीतिकर्मी तथा व्यावसायिक संस्थाको प्रतिष्ठाको विषय बन्दै आएको शौचालय एकपछि अर्को निर्माण हुनेक्रम जारी छ । यात्रु तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै आलोचना हुनेगरेको छ ।

बुधवार उद्घाटन भएको सहित इटहरीमा ४ वटा सार्वजनिक शौचालय भएका छन् । यहीँ बिचमा मुख्य चोक र उपमहानगरपालिकाको गेटमा नयाँ शौचालय निर्माणाधीन अवस्थामा छ ।

शौचालय विहीन सहरको आलोचना खेप्नुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको मेयर हेमकर्ण पौडेलले बताए । इटहरीको मुख्य चोकको शौचालय पनि यसै साता सञ्चालनमा आउने उनको भनाइछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]