• वैशाख २८, २०८०
  • जुनकिरी खबर

तेह्रथमुमा आगलागीमा आमाछोराको मृत्यु

alt

तेह्रथमुको छथर गाउँपालिका-३ पञ्चकन्यामा बिहीबार अपराह्न ३ बजेतिर आगलागी हुँदा आमाछोराको मृत्यु भएको छ । आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए ।

आगो निभाउने क्रममा ६० वर्षीय देवेन्द्र नेवार, १७ वर्षीय प्रकाश तामाङ, १६ वर्षीय युवराज श्रेष्ठ र १५ वर्षीय ओम श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये नेवारको अवस्था गम्भीर छ । उनको हात र खुट्टा जलेको छ । अन्य तीन जना आगो निभाउने क्रममा निसासिएर बेहोस भएका छन् ।

घाइतेहरुलाई स्थानीय छथर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा मानवीय क्षति भएको हो । आगलागीमा परी पूर्ववडाध्यक्ष तुलसीजंग थापाको घर र ग्वाली जलेको छ । घरभन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ । आगो निभाउन स्थानीय, जनप्रतिनिधि र प्रहरी खटिएका छन् । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]