• वैशाख ३१, २०८०
  • जुनकिरी खबर

सुनसरीमा हतियारसहित भारतीय एसएसबी प्रवेश

alt

भारतीय सीमा सुरक्षा बल एसएसबी हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको छ । आइतबार अन्दाजी साढे १२  बजेको समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले लागू औषध बोकेर नेपालतर्फ आउँदै गरेको भन्दै उक्त व्यक्तिलाई पक्राउ गर्न सीमा नाका भन्दा अन्दाजी ५ किलोमिटर भित्र प्रवेश गरेको कोसी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष साह जमालले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको चार पाङ्ग्रे गाडीमा तीन जना एसएसबी हतियार सहित नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई डर त्रास देखाउने काम गरेको उनको भनाइ छ ।

 लागू औषध बोकेको व्यक्ति पक्राउ नभए पनि एसएसबी फर्किने क्रममा कोसी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष साह जमालको नेतृत्वमा अन्दाजी स्थानीय १५/२० जनाको सङ्ख्यामा रहेका सर्वसाधारणले नेपाली भूमिमा प्रवेश गरेका एसएसबीलाई रोकेका थिए । सो क्रममा गाडीमा सवार मध्ये हतियार लिएर दुई जना भाग्न सफल भएको र एक जनालाई स्थानीयले पक्राउ गरेको स्थानीयको दाबी छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]