• जेठ १६, २०८०
  • जुनकिरी खबर

पहिचानवादीहरुलाई कोशी प्रदेश सरकारको औपचारिक वार्ता आव्हान

alt

प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलमा आउन कोशी प्रदेश सरकारले औपचारिक आव्हान गरेको छ । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले  वक्तव्य जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्न वार्तामा आउन आन्दोलनरत पक्षलाई आव्हान गरेका हुन् । वक्तव्यमा जुन सुकै आन्दोलनका निकास वार्ताका टेबुल भएकाले नामकरणको विरोधमा भइरहेको आन्दोलनका कार्यक्रम छाडि वार्तामा आउन आग्रह गरेको छ । 
 
वक्तव्यमा भनिएको छ  नामकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्णता राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ । वक्तव्यमा नामकरणका विषय कुनै दल वा सरकारकारको भन्दा पनि सदस्यहरूको ‘आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको धारा नामकरण कोशी प्रदेश रहन पुगेको उल्लेख छ ।
 
वक्तव्यमा  नागरिक तहको यही चाहाना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनको जनादेशको आधारमा तत्कालीन प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरु नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दल, दलकाका नेता तथा प्रदेश सभा सदस्यहरूको अथक प्रयासबाट प्रदेश सभा ९ प्रदेश सभाका ९३ जना प्रदेश सभा सदस्य मध्ये ८२ जना प्रदेश सभा सदस्यहरू
का ९० प्रतिशत प्रदेशसभा सदस्यहरूको समर्थनमा प्रदेशको नामकरण भएको उल्लेख छ ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]