• जेठ १६, २०८०
  • जुनकिरी खबर

मोरङ्गको बलियामा जेठ १९ गतेबाट बलिया महोत्सव हुने

alt

मोरङ्गको सुन्दरहरैँचा ५ स्थित बलियामा प्रथम बलिया महोत्सव सञ्चालन गरिने भएको छ। जेठ १९गते देखि असार ५ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको हो। सुन्दरहरैँचामा क्रियाशिल मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि.को व्यवस्थापनमा सुन्दरहरैँचा वडा नम्बर ५ स्थित बलियामा सञ्चालन हुने प्रथम बलिया महोत्सवमा करिब ४० देखि ५० वटा व्यापारीक स्टलहरु रहने छन्।

२१ दिन सम्म चल्ने महोत्सवमा हरेक दिन स्थानीय प्रसिद्ध कलाकार तथा प्रमोद खरेल, निशान भट्टराई, ज्योति मगर, जीबव, प्रिति आले अस्मिता अधिकारी, शशि मण्डल जस्ता राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले मंगलबार सुन्दरहरैँचा ४ स्थित गोकर्ण रिर्सोटमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। महोत्सवमा हरेक दिन करिब २ हजार देखि ४ हजार जना सम्मको उपस्थिती रहने आयोजकको अपेक्षा छ।

यस्तै महोत्सवमा बालबालिकालाई लक्षित गरेर विभिन्न बालमैत्री खेलका लागि अम्युजमेन्ट पार्कको सञ्चालन गरिने अनि बिभिन्न स्थानीय तथा मौलिक परिकारका स्वादिष्ट खानाका स्टल राखिने जनाईएको छ। यस्तै महोत्सवलाई मनोरञ्जनात्मक र रोचक बनाउन विभिन्न किसिमका खेललाई समाबेश गरिने आयोजकको भनाई छ।

सुन्दरहरैँचाको बलियालाई मनोरञ्जनात्मक विकासलाई समेत सेवा पुर्‍याउने उद्धेश्यले आयोजना गरिएको प्रथम बलिया महोत्सव बिशुद्ध सांगीतिक एवं मनोरञ्जनात्मक कार्यक्रम रहेको र कार्यक्रमबाट आएको नाफाबाट लागुऔषधको दुब्र्यसनमा फसेका युवाहरुलाई समाजमा पुनस्र्थापित गर्न खर्च गरिने आयोजकको भनाई छ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]