• जेठ १९, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरले पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने

alt

इटहरी उपमहानगरले पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने विस्तृत अनुसन्धान सुरु गरेको छ ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरे संगै इटहरी उपमहानगरले देशमै पहिलो पटक सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेको हो ।

पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण र विस्तृत अनुसन्धान गर्ने सहमति भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

पुरानो मोटरसाइकल उपमहानगरले दिने र उक्त मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमति भएको मेयर पौडेलले बताए । संघीय सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनहरू लागत प्रभावीको आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।

‘सोही अनुरुप पहिलो चरणमा अनुसन्धान गर्न हामिले थालेका छौँ,’ मेयर पौडेलले भने । देशमै पहिलो पटक स्थानीय तहले यो किसिमको सहमति गरेर काम सुरु गरेको मेयर पौडेलको दाबी छ । कम्पनीका आदित्य आचार्य, रिसब गड्तौला, अस्तित्व मादेम्बा, निकेश बज्रचार्य लगायतले पेट्रोल गाडीलाई रुपान्तरण गर्ने बताइएको छ ।

पुरानो गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिने बताइएको छ ।सरकारले चालू आर्थिक वर्षकै बजेटमा पेट्रोलियम पदार्थका गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न दिने जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]