• जेठ १९, २०८०
  • जुनकिरी खबर

इटहरीमा एकीकृत समाजवादीको रिले अनसन स्थगित

alt

 नेकपा एकीकृत समाजवादीले इटहरीमा सुरु गरेको भ्रष्टाचार विरुद्धको रिले अनसन स्थगित गरेको छ । १० दिन देखि जारी भ्रष्टाचार विरुद्धको रिले अनसनको स्वरूप परिवर्तन गर्दै स्थगित गरिएको हो ।
 
अव भ्रष्टाचार विरुद्ध जनजागरण अभियान सञ्चालन गरिने छ ।  एकीकृत समाजवादीका महासचिव बेदुराम  भुसालले आन्दोलनको कार्यक्रम परिवर्तन गर्न आग्रह गरेसँगै रिले अनशन स्थगित भएको प्रदेश मोर्चा सङ्गठनका इन्चार्ज केशव विष्टले बताए ।
 
महासचिव भुसालले आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेपश्चात्   आग्रहलाई स्वीकार गर्दै अनसन रोकिएको घोषणा गरेका छन् । 
 १० दिन सम्म रिले अनसन बसिएको बताउँदै गर्दै इन्चार्ज विष्टले नेकपा एसले अब भ्रष्टाचार विरुद्ध जनजागरण अभियान सुरु गर्ने समेत बताए ।  उक्त कार्यक्रममा नेकपा एस् का केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत , कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, सुनसरी अध्यक्ष गोविन्द निरौला लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]