• जेठ २६, २०८०
  • जुनकिरी खबर

माया घर नेपालमा सुभद्रा प्याकुरेलको अध्यक्षतामा नँया कार्यसमीती चयन

alt

माया घर नेपालको दोश्रो बिशेष  साधारण सभाले सुभद्रा प्याकुरेलको अध्यक्षतामा नँया कार्यसमीती चयन गरेको छ । बिभिन्न कारण वस सडकमा कस्टकर जिवन बिताउदै आएका मानिसहरूलाइ उद्धार गरी नयाँ जिवन प्रदान गर्दै आएको माया घर नेपालको दोश्रो बिशेष  साधारण सभाले प्याकुरेलको अध्यक्षतामा नयाँ समीती पाएको हो ।

समितीको उपाध्यक्षमा सुशिला सिटौला र राधिका थापा कार्र्की, सचिव  सुमी थापा , सह–सचिव  योशा गुरागाँइ , कोषाध्यक्ष  लक्ष्मी बराल , र सदस्यहरूमा अञ्जना कुमारी विष्ट , सरस्वती कुमारी शर्मा , सुनिता कुमारी सुवेदी खनाल,अजिता सुवेदी , रिता मिश्र सुवेदी सर्वसम्मतले चयन भएकाका हुन ।

सो अवसरमा संस्थाकि संस्थापक संरक्षक अध्यक्ष राधिका दाशीले माया घर नेपाल स्थापना भएदेखि अहिले सम्म कुल ४ हजार बढी मानिसलाइ सडकबाट उद्धार गरी समाजमा पुनःस्थापना तथा परिवारहरूसंग पुर्ण मिलन गराएको प्रतिवेदन पेश गरेकी थिइन । आफ्नो कार्य ब्यस्तताका कारण संस्थाको नेतृत्व अरूलाइ हस्तानतरण गरेपनि संस्थापक तथा संरक्षक भने हाफै रहने उनले सो अवसरमा जानकारी गराइन । 

सो अवसरमा  गएको आर्थीक वर्षको २०७९ । ८० सुरूभएदेखि २०८० बैशाख मसान्त सम्म माया घर नेपालले कुल ७२ लाख ४५ हजार १ सय ४१  आम्दानी गरेको र त्यसमा ५५ लाख १३ हजार ५ सय १ खर्च भएको प्रतिवेदन पेश गरिएको थियो । बिशेष साधारण सभाकै अवसर पारेर माया घर नेपालले संस्थाको गतिविधिहरूलाइ समेटेर तयार पारेको म्युजिक भिडियो पनि सार्वजनिक गरेको थियो । करीब ८ मिनेटको म्युजिक भिडियोमा सडकमा रहेका मानिसहरूलाइ उद्धार गर्दा संस्थाले झेल्नु परेका चुनौतीहरुलाइ समेटीएको छ । 

कार्यक्रम प्रदेश संसद रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघ,सस्थाका प्रतिनिधीहरुको सहभागिता रबहेको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]