• जेठ ३०, २०८०
  • जुनकिरी खबर

एभरेष्ट बैँकका अपरेशन मेनेजर कारागार चलान

alt

एभरेष्ट बैँक उदयपुरका अपरेशन मेनेजर विराटनगर ८ का ३४ वर्षीय नीरज प्रधान पुर्पक्षका लागि कारागार चलान भएका छन् । उच्च अदालत विराटनगरका संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले प्रधानलाई पुर्पक्षको लागि थुनामा राख्न सोमबार आदेश दिएको हो ।

एभरेष्ट बैङ्क इटहरी शाखाबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ बैङ्कका कर्मचारीको मिलेमतोमा घोटाला गरेको घटनामा बैङ्कका ७ जना कर्मचारी र २ जना सहयोगी पक्राउ परेका थिए ।

उच्च अदालतमा अभियोग दर्ता भएपछि सोमबार आएको थुनछेक आदेशले पैसा झिक्ने दुई जना कर्मचारीलाई जनही ७ लाख र पक्राउ परेका ६ जना कर्मचारीलाई साधारण तारेखमा छाड्न उच्च अदालत विराटनगरले आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

साधारण तारेखमा रिहा हुनेहरूमा बैङ्कको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे ८ का ४२ वर्षीय विश्वराज शाक्य, बैङ्कको इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैङ्कका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित, बैङ्कको इटहरी शाखाकी टेलर ३० वर्षीया पवित्रा कटुवाल रहेका छन् ।

यस्तै धनुषाको मिथिला नगरपालिका–११ का ३४ वर्षीय शङ्कर भुजेल, भक्तपुर सूर्यविनायक नगरपालिका–२ का २७ वर्षीय अजय खिउजूलाई अदालतले जनही ७ लाख रुपैयाँ धरौटी राख्न आदेश दिएको छ ।

 

सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले मुख्य योजनाकार प्रधानसहित उच्च अदालतमा शुक्रबार १३ जनाविरुद्ध बैङ्किङ कसूरमा मुद्दा दायर गरेको थियो । पक्राउ परेका ९ र फरार ४ जना गरी १३ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो ।

चार जनाको हकमा अदालतमा उपस्थित भएको बखत अदालतले आदेश गर्नेछ । अभियोग पत्रअनुसार ३३ जना बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन भएको खुलेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]