• साउन ३१, २०७६
  • जुनकिरी खबर

धर्म प्रचार गर्ने पक्राउ

alt

धर्म प्रचार गरेको अभियोगमा सल्यान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। इसाइ धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले ३ महिला र १ पुरुषलाई पक्राउ  गरेको हो। जिल्लाको शारदा नगरपालिका-१ शान्तीनगरमा जबरजस्ती धर्म प्रचार गर्दै हिँडेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले जानकारी दिए।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका २० वर्षीय तुलबहादुर परियार, सोहि ठाउँका २१ वर्षीया रुपा सोनाम, घोराही उपमहानगरपालिका-१५ का २९ वर्षीय चन्द्रकली रावत र रोल्पा नगरपालिका-६का ३० वर्षीया भीम कुमारी विक रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट एकएक थान बाइबलसहित धर्म प्रचारका विभिन्न सामग्री समेत बरामद गरेको छ। पक्राउ परेकाहरुलाई धर्मसम्बन्धी कसुर अन्तरगतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]