• असार २, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशका कर्मचारीलाई दैनिक खाजा खर्च दुई सय

alt

कोशी प्रदेशको अल्पमतको सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्रदेशका कर्मचारीहरुलाई दैनिक खाजा खर्च बापत दुई सय रुपैयाँ दिने व्यवस्था गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एकातिर स्रोतको अभाव रहेको भन्दै प्रदेशबासीको विकासीय बजेट कटौती गर्ने र अर्कोतिर प्रदेशबासीले तिरेको करबाट कर्मचारीलाई खाजा खुवाउने कार्यक्रम ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रदेशका १९१ निकाय तथा कार्यालयमा कुल स्वीकृत दरबन्दी ३ हजार ९८४ मध्ये ५८ दशमलव ६ प्रतिशत अर्थात् २ हजार ३३५ मात्रै पदपूर्ति छन् । यसमा १ हजार ७७९ स्थायी र ५५६ करारमार्फत पदपूर्ति रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यस प्रदेशमा स्वीकृत दरबन्दीमध्ये १ हजार ६४९ दरबन्दी रिक्त रहेको छ ।

प्रदेश सरकारले ल्याएको कर्मचारीलाई खाजा कार्यक्रमअन्तर्गत विद्युतीय हाजिरीको आधारमा २ हजार ३३५ जना कर्मचारीले दैनिक २ सयको दरले खाजा खर्च पाउने छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]