• असार ६, २०८०
  • जुनकिरी खबर

एनआरएन वेस्ट्रन अष्ट्रेलियाको युवा संयोजक पदमा मनिष सिग्देलको उम्मेदवारी

alt

नेपाल । गैर आवासीय नेपाली संघ एनआरएन वेस्ट्रन अष्ट्रेलियाको युवा संयोजक पदमा इटहरीका मनिष सिग्देलले उम्मेदवारी दिने भएका छन् । २०२३ २०२५ को एनआरएन डब्लुएको यूथ कोडिनेटरमा हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारी दिँदै सिग्देलले आफ्नो ८ बुँदे चुनावी एजेन्डा समेत सार्वजनिक गरेका छन् । 
 
अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतमा वेस्ट्रन अष्ट्रेलियाको पर्थमा बसोबास गदै आएका उनी नेपाली समुदाय, यसका गतिविधिहरू, समस्या, सम्भावना र सामुदायिक दायित्वलाई महसुस गरी आफ्नो उम्मेदवारी दिएको उनले बताएका छन् । नेपाली युवाहरूको प्रोत्साहन र सशक्तीकरणको लागि सधैँ अग्रसर रहने सिग्देलले विभिन्न किसिमका युवाहरू लक्षित धेरै कार्यक्रमहरू आयोजना र संयोजन गरिसकेका छन् । 
 
नेपाली युवाहरूलाई एकजुट गराउन आफूले विभिन्न  खेलकुद गतिविधिहरू गदै आएको सिग्देलको भनाई छ । यस्तै पर्थमा रहेका नेपालीहरूको लागि वैदेशिक जीवनको परामर्श दिइने, गैर आवासीय नेपालीहरूको हक हितको पक्षमा आवाज उठाउने, सवारी सम्बन्धी जानकारी, नयाँ बिद्यार्थीहरुको लागि आवश्यक समन्वय, कर र रोजगार सम्बन्धी जानकारी दिने जस्ता सामाजिक कार्य समेत उनले आयोजना गदै आएका छन् । 
 
कुरा भन्दा पनि कर्मले आफ्नो पहिचान बनाउनु पर्ने मूल उद्देश्य बोकेका सिग्देलले नवागन्तुक समर्थन र सहानुभूति कार्यक्रम, परिवर्तनका लागि युवा सोच, लागुऔषध तथा जुवाजन्य कार्यको दुरुपयोग रोकथाम, मानसिक स्वास्थ्य, सांस्कृतिक संरक्षण, सामुदायिक स्वयंसेवा, युवाहरूको लागि सिपमूलक तालिम, व्यावसायिकता प्रवर्द्धन कार्यक्रमहरू आफ्नो एजेन्डा रहेको बताएका छन् । 
 
निर्वाचनको लागि आफूले तयारी थालेको सिग्देलले जानकारी दिए । अग्रजहरूको साथ र सल्लाहबाट आफूले निर्वाचन जित्नेमा आशावादी रहेको उनको भनाई छ । सिग्देल वेस्ट्रन अष्ट्रेलियाको पूर्व स्नुकर तथा विलार्ड संघको केन्द्रीय सदस्य समेत हुन् । उनी पर्थको चर्चित इभेन्ट कम्पनी कर्मा इभेन्टको डाइरेक्टर हुन । 

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]