• असार ६, २०८०
  • जुनकिरी खबर

एनआरएन वेस्ट्रन अष्ट्रेलियाको युवा संयोजक पदमा मनिष सिग्देलको उम्मेदवारी

alt

नेपाल । गैर आवासीय नेपाली संघ एनआरएन वेस्ट्रन अष्ट्रेलियाको युवा संयोजक पदमा इटहरीका मनिष सिग्देलले उम्मेदवारी दिने भएका छन् । २०२३ २०२५ को एनआरएन डब्लुएको यूथ कोडिनेटरमा हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारी दिँदै सिग्देलले आफ्नो ८ बुँदे चुनावी एजेन्डा समेत सार्वजनिक गरेका छन् । 
 
अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतमा वेस्ट्रन अष्ट्रेलियाको पर्थमा बसोबास गदै आएका उनी नेपाली समुदाय, यसका गतिविधिहरू, समस्या, सम्भावना र सामुदायिक दायित्वलाई महसुस गरी आफ्नो उम्मेदवारी दिएको उनले बताएका छन् । नेपाली युवाहरूको प्रोत्साहन र सशक्तीकरणको लागि सधैँ अग्रसर रहने सिग्देलले विभिन्न किसिमका युवाहरू लक्षित धेरै कार्यक्रमहरू आयोजना र संयोजन गरिसकेका छन् । 
 
नेपाली युवाहरूलाई एकजुट गराउन आफूले विभिन्न  खेलकुद गतिविधिहरू गदै आएको सिग्देलको भनाई छ । यस्तै पर्थमा रहेका नेपालीहरूको लागि वैदेशिक जीवनको परामर्श दिइने, गैर आवासीय नेपालीहरूको हक हितको पक्षमा आवाज उठाउने, सवारी सम्बन्धी जानकारी, नयाँ बिद्यार्थीहरुको लागि आवश्यक समन्वय, कर र रोजगार सम्बन्धी जानकारी दिने जस्ता सामाजिक कार्य समेत उनले आयोजना गदै आएका छन् । 
 
कुरा भन्दा पनि कर्मले आफ्नो पहिचान बनाउनु पर्ने मूल उद्देश्य बोकेका सिग्देलले नवागन्तुक समर्थन र सहानुभूति कार्यक्रम, परिवर्तनका लागि युवा सोच, लागुऔषध तथा जुवाजन्य कार्यको दुरुपयोग रोकथाम, मानसिक स्वास्थ्य, सांस्कृतिक संरक्षण, सामुदायिक स्वयंसेवा, युवाहरूको लागि सिपमूलक तालिम, व्यावसायिकता प्रवर्द्धन कार्यक्रमहरू आफ्नो एजेन्डा रहेको बताएका छन् । 
 
निर्वाचनको लागि आफूले तयारी थालेको सिग्देलले जानकारी दिए । अग्रजहरूको साथ र सल्लाहबाट आफूले निर्वाचन जित्नेमा आशावादी रहेको उनको भनाई छ । सिग्देल वेस्ट्रन अष्ट्रेलियाको पूर्व स्नुकर तथा विलार्ड संघको केन्द्रीय सदस्य समेत हुन् । उनी पर्थको चर्चित इभेन्ट कम्पनी कर्मा इभेन्टको डाइरेक्टर हुन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]