• असार ९, २०८०
  • जुनकिरी खबर

तरहरामा यार्सागुम्बासहित दुई पक्राउ

alt

इटहरी उपमहानगरपालिका २० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको को २ ह १०७ नम्बरको अटो टेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैध रूपमा ८ किलो २५० ग्राम यार्सा गुम्बा बरामद गरेको हो ।

यार्सागुम्बा बरामद भएसँगै ओसारपसारमा संलग्न रहेकी धरान उपमहानगरपालिका ३ की ४२ वर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान १९ का ४३ वर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]