• असार ९, २०८०
  • जुनकिरी खबर

इटहरीमा दोस्रो पाँचतारे होटेल खुल्दै

alt

विश्व प्रसिद्ध अमेरिकी होटेल ब्राण्ड 'रमडा' इटहरीमा भित्रिने भएको छ । ‘विंडहाम होटल्स्  एण्ड रिसोर्ट’ अन्तरगत रहेको रमडा नेपालको लागि काठमाडौँ पछि इटहरीमा सञ्चालनमा आउन लागेको दोस्रो होटेल हो ।

इटहरीमा निर्माणाधीन पाँचतारे होटेललाई रमडा नामकरण गर्ने गरी पर्यटन व्यवसायी देशबन्धु बस्नेतले अमेरिकी ब्राण्ड भित्राएका हुन् । रमडा ब्राण्डको संस्थापक कम्पनी विंडहाम होटल्स् एण्ड रिसोर्ट युरेसियाका बजार प्रबन्ध निर्देशक निखिल शर्मा र बस्नेत बिच शुक्रवार दिल्लीमा सम्झौता भएको छ । यसअघि इटहरी नजिकै काठमाडौँ बाहेक रमडाले दार्जिलिङ र सिक्किममा व्यवसायीक सुरुवात गरिसकेको छ ।

रमडा मार्फत कम्पनीले ९५ देशका ९ हजार बढी होटेलको व्यवस्थापन हेरिरहेको छ । एसियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटेल सञ्चालनमा ल्याएको छ । इटहरीमा निर्माणाधीन रमडा २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने तयारी अगाडी बढाइएको छ । होटेलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिने अपेक्षा गरिएको छ ।

सम्झौता पछि बस्नेतले रमडा ब्राण्डसँग आफ्नो होटेललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले विंडहाम होटेल कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको लागि आग्रह गरेका छन् । रमडा सहित इटहरीमा पाँचतारे दुई वटा होटेल सञ्चालनमा आउने भएका छन् । यसअघि इटहरीको धरान लाइनमा २ अर्बको लगानीमा सोल्टी वेस्टेण्ड इटहरी सञ्चालनमा आइसकेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]