• असार १३, २०८०
  • जुनकिरी खबर

सुनसरीमा नागरिकता लिनेको बिहानै देखी भीड

alt

वंशजको आधारमा नागरिकता बितरण सुरु भएपछी जिल्ला प्रशासन कार्यालय सुनसरीमा बिहान ४ बजेदेखी नै सेवाग्राहीको भिड लाग्ने थालेको छ । अन्य जिल्लामा जस्तै सुनसरीमा पनि मंगलबारदेखी जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्ततीहरूले वंशजको आधारमा नागरिकता वितरण सुरु भएको हो ।

मंगलबार पहिलो दिन ४७ जनाले वंशजको आधारमा नागरिकता लिएपनि बुधबार बिहानैबाट भिड बढेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । पाण्डेका अनुसार मंगलबार २९ महिला र १८ पुरुषलाई नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ बमोजिम नागरिकता बितरण गरिएको हो । सेवाग्राहीको भीड अत्याधिक बढेपछी जिल्ला प्रशासन कार्यालयले आज बुधबारका लागि एक सय ६० जनाका लागि टोकन दिएको थियो । जसमध्ये १ सय ५७ जनाले आज बुधबार नागरिकता प्राप्त गरेका छन ।

भीड बढेपछी कार्यलयले बिहिबारदेखी स्थानिय तहअनुसार तालिका बनाएर दैनिक सेवा दिने भएको छ । बिहीबारबाट नागरिकता प्राप्त गर्न पालिका विभाजन तालिका अनुसार आउन अनुरोध गरेको छ ।

आइतबार इटहरी उपमहानगरपालिका, सोमबार रामधुनी नगरपालिका र भोक्राहा गाउँपालिका, मंगलबार बराहक्षेत्र नगरपालिका, बुधबार दुहबी नगरपालिका, बिहीबार इनरुवा नगरपालिका र गढी गाउँपालिका र शुक्रबार कोसी गाउँपालिकाका सेवाग्राहीले नागरिकता लिन जानुपर्ने तालिका बनाएको प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]