• असार १४, २०८०
  • जुनकिरी खबर

विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीद्वारा प्रदेशसभामा प्रस्ताव पेस

alt

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका छन् ।  ठुलो दलको हैसियतले गत पुस २४ गते नेकपा माओवादी, राप्रपा, जसपाको समर्थनमा कोशी प्रदेशको सरकारको मुख्यमन्त्री भएका कार्कीले बिहीबार बसेको प्रदेश सभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका हुन् ।   नेकपा एमालेका ४० जना, नेकपा माओवादी केन्द्रको १३ जना, राप्रपाको ६ र जसपाको १ जना सांसदहरू सहित कोशी प्रदेश सरकार बनेको थियो ।

पुस २४  गते बहुमत रहेको दाबी सहित प्रदेश प्रमुखकोमा सरकार बनाउनको लागि दाबी पेस गरेको थियो ।  त्यसको भोलीपल्ट सरकारको मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका थिए ।  

आफू मन्त्री भएपछि पहिलो पटक  प्रदेशको आर्थिक सुशासन र पारदर्शिताका लागि १३ मन्त्रालयलाई घटाएर ९ वटामा झार्न गरेको कामलाई सुदूरपश्चिमसम्मले अङ्गीकार गरेको सम्बोधनका क्रममा बताए । दुई जना मन्त्री लिएर सरकार चलाउँदा एमाले भित्र कुनै समस्या नभएको दाबी गरेका कार्कीले जति साना दल सरकारमा जाने कुरामा त्यति नै विवाद रहेको बताए ।  पुँजीगत र चालु खर्चको अवस्था ६ महिनामा ८० प्रतिशत प्रगति गर्न सकिने बताए । मन्त्री धेरै नहुँदा पनि राम्रो काम गर्न सकिन्छ भन्ने आफूले दिलाउन सफल भएको बताए ।  कार्कीले पहिलो पाँच वर्षमा धेरै प्रयास गर्दा पनि नामकरण गर्न नसकिएकोमा आफ्नै कार्यकालमा निष्कर्षमा पुर्‍याउने काम गरेको बताए ।

सङ्घीय सरकारका प्रधानमन्त्रीबाट कोशी प्रदेश सभाले गरेको नामकरणको निर्णयमाथि सङ्घीय सरकारका प्रधानमन्त्रीले प्रदेशले गलत गरेको भनेर प्रदेशको अधिकारमा हस्तक्षेप गरेको कार्कीले आरोप लगाए ।  कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६,  नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद रहेका छन् ।

कोशी प्रदेश सभामा सरकार बनाउन वा  विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ । अहिले नेकपा एमाले नेतृत्वको हिक्मतकुमार कार्कीको सरकारलाई विश्वासको मत पाउन १ जना सांसद आवश्यक पर्ने देखिन्छ । राप्रपा र एमाले मिल्दा ४६ जना सांसद रहेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]