• असार १४, २०८०
  • जुनकिरी खबर

असार १८ देखी सरकार विरुद्ध आन्दोलन गर्ने क्रसर उद्योगीको चेतावनी

alt

नेपाल सरकारले खानी तथा क्रसर उद्योगको नवीकरणमा रोक लगाएपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै क्रसर व्यवसायीहरूले उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
 
सरकार परिवर्तन भएसँगै क्रसर उद्योगका मापदण्ड पनि परिवर्तन हुँदै जाने परिपाटीले लगानी डुब्ने खतरा भएको उनीहरूको भनाई छ । आयकर लगायत अन्य कर लिएको सरकारले नवीकरणमा भने समस्या सृजना गरेको उद्योगी व्यवसायीको आरोप छ ।
 
नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले दर्ता भई सञ्चालनमा भएका तर मापदण्ड लगायत कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कर र दस्तुर लिएर २०८० असार मसान्त सम्म यथावत् सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । तर हालसम्म सरकारले मातहतका निकायमा कुनै निर्देशन दिएको छैन ।
 
असार १८ गतेसम्म नवीकरण गर्न मातहतका निकायहरूलाई लिखित निर्देशन नदिए आन्दोलन गर्ने क्रसर कोशी तथा मेची व्यवसायी सङ्घले जनाएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले पनि सरकारलाई खबरदारी गरेको छ ।लामो समयदेखि दबाब दिँदै आएको महासङ्घले प्रदेश स्तरीय दबाब कार्यक्रम बढाएको हो ।
महासङ्घका केन्द्रीय उपाध्यक्ष देवराज तामाङ आन्दोलनको विकल्प नभएको बताउँछन् । अरबौँ लगानी गरेर खोलिएका उद्योगीलाई सरकारले तस्करको व्यवहार गरेको उनको गुनासो छ ।
 
वातावरण प्रभाव मुल्याङकन गरेर खोलिएका र सञ्चालन भएका उद्योगलाई बन्द गराउने गरी सरकारले ल्याएका नीतिले लगानीको वातावरण खलबलिएको उनको धारणा छ । सरकार यही अवस्थामा अगाडी बढे उद्योग बन्द गरेर हडतालमा उत्रिने उनले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]