• असार १९, २०८०
  • जुनकिरी खबर

इटहरीमा टिपर दुर्घटना : छोरी घाईते आमाको मृत्यु

alt

इटहरीको मुख्य चोकमा भएको सवारी दुर्घटनामा सरिता चौधरीको मृत्यु भएको छ । इटहरी-८ गैसार घर भएकी चौधरीको घटनास्थलमै मृत्यु भएको हो । आमाछोरी सवार स्कुटरलाई ट्रिपरले ठक्कर दिएको थियो । छोरी अंशु चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
खनारमा भदैनीको घरमा पूजामा जाने भन्दै घरबाट निस्केका आमाछोरी दुर्घटनामा परेका हुन । घटनापछि इटहरी चोक लामो समय तनावग्रस्त रह्यो ।
कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको ट्रिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्ने बित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ ।
 
विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको ट्रिप्परले ठक्कर दिएको हो । लामो समय तनावग्रस्त भएपछि प्रहरीले अश्रु ग्यास प्रयोग गरेर भिड तितरबितर पारेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]