• असार २२, २०८०
  • जुनकिरी खबर

जीवन आचार्य कोशीमा फेरि मन्त्री बन्ने

alt

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् ।  हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री  भएका आचार्य उद्धव थापा नेतृत्वको सकारमा पनि मन्त्री बन्न लागेका हुन् ।

शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको बैठकले आचार्यलाई पठाउने सहमति गरेको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आचार्यलाई सरकारमा पठाइने बताए । बाँकी मन्त्रीको नाम छनोटका लागि संसदीय दलका नेता प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

‘माथिबाट  आर्थिक मामिला तथा योजना मन्त्रालय दिनुपर्ने कुरा आएको छ,’  माओवादी केन्द्रका एक नेताले भने, ‘आइतबार–सोमबारतिर शपथ होला ।’  श्रोतका अनुसार आचार्य पार्टीको नेतृत्व गर्दै सरकारमा जाने छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]