सप्तकोसीको पुलमा बस र ट्रक ठोक्किँदा ट्रक सप्तकोसी नदीमा खसेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक कोसी ब्यारेजको ९ र १० नम्बर ढोकाबाट सप्तकोसी नदीमा खसेको हो । बिहान ७ः४५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोक्किएको मे १ ख ३००७ नम्बरको ट्रक पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको थियो । एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि ट्रक सप्तकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ट्रक कोसी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसी नदीमा खसेको प्रहरीले जनाएको छ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved