• साउन १, २०८०
  • जुनकिरी खबर

इटहरीमा उपमहानगर आफैँले घर नक्सा बनाउन सुरु

alt

नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैँले नक्सा बनाइदिने कार्य आज (सोमबार) बाट सुरु भएको छ । भवन निर्माण आचारसंहिताअनुसार घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैँले नक्सा बनाउन औपचारिक रूपमा सुरु गरेको हो ।

इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिका आफैँले नक्सा बनाउन सुरु गरिएको जानकारी दिए ।

‘अबदेखि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, मेयर पौडेलले भने, ‘सर्वसाधारणले आज साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।’भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नक्सा बनाइदिन लागेको उनले बताए ।

उनले भने, ‘प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्‍यो भन्ने गुनासो आएपछि हामीले नै नक्सा बनाइदिन लागेका हौँ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]