• साउन ३, २०८०
  • जुनकिरी खबर

लालबहादुर विश्वकर्माको न्यायको माग गर्दै इटहरीमा प्रदर्शन

alt

लालबहादुर विश्वकर्माको न्यायको माग गर्दै इटहरीमा प्रदर्शन गरिएको छ । सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी-१९ तरहराका गोपाल भनिने लालबहादुर विश्वकर्मा निर्दोष रहेकाले उनलाई रिहा गर्नुपर्ने माग सहित प्रदर्शन गरिएको हो ।
 
जिल्ला अदालत सुनसरीको फैसलाले अन्यायमा परेको भन्दै पुनरावेदन दिए पनि सुनवाइ नभएको जनाउँदै इटहरी-१९ बरमपुर फूलबारी टोलका लालबहादुरलाई चाँडो न्याय दिन माग गर्दै इटहरीमा चर्को घामका बाबजुद प्रदर्शन भएको हो । लालबहादुरका आफन्त तथा छिमेकी सहित इटहरी उपमहानगरपालिका कार्यालय अगाडी भेला भएका स्थानीयले गरिब निमुखाले अदालतबाट न्याय पाउन निक्कै कष्ट भोग्नुपरेको भन्दै नाराबाजी सहित प्रदर्शन गरेका हुन ।
 
इटहरी-२० तरहरामा २०७२ देखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा गहना बनाउने काम गर्ने लालबहादुरलाई सुनसरी जिल्ला अदालतले ठगी गरेको भन्दै ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगी गरेको अर्को मुद्दामा ७० हजार जरिवाना सहित डेढ वर्ष कैद तोकेको थियो । हाल उनी आठ महिनादेखि सुनसरीको झुम्का कारागारमा छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]