• साउन ७, २०८०
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानमा ३० बेडको छुट्टै डेंगी अस्पताल सञ्चालन

alt

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगी क्लिनिकले धान्न नसकेपछि आइतबारदेखि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीका अनुसार सय बेड क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगी अस्पतालको रुपमा परिवर्तन गरेको हो । प्राडा कार्कीले भने, ‘अन्य बिरामीकै चाप थेग्न नसकिरहेको बेला डेंगी संक्रमित बिरामीको चाप झन् बढेपछि कोभिड–१९ अस्पतालको भवनलाई डेंगी अस्पताल बनाइएको हो ।’ उनका अनुसार पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० बेडको अब्जर्भेसन वार्डमा ८५ प्रतिशत बेड डेंगीका बिरामीले भरिएपछि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

केही दिनयता प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा दैनिक ६० देखि ७५ जना डेंगी संक्रमित आउने गरेका छन् । उनकाअनुसार डेंगीको प्रकोप बढेपछि उपचारबाट बञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावकाबीच पनि डेंगी अस्पताल सञ्चालनमा ल्याएको हो । उनले भने, ‘डेंगी संक्रमितको चापका कारण प्रतिष्ठानमा उपचारका लागि आउने अन्य बिरामीको उपचार सेवा समेत प्रभावित भएकाले पनि छुट्टै अस्पताल सञ्चालनमा ल्याइएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]