• साउन १०, २०८०
  • जुनकिरी खबर

धरानमा डेङगुका कारण ७ जनाको मृत्यु

alt

धरानमा जेठ महिना देखि फैलिएको डेङगुको कारण ७ जनाको उपचारको क्रममा मृत्यु भएको  छ । डेङगुकै कारण धरानका ७ जनाको मृत्यु भएकामा ६ जना दिर्घरागी रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताले बुधवार जानकारी दिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार जेठ २३ गते धरान-१७ घर भएकी ३० वर्षीय महिला रहेकी छिन भने असार १५ गते धरान-११ घर भएकी ४० वर्षकी महिलाको मृत्यु भएको थियो ।   साउन २ गते धरान-११ घर भएको ७९ वर्षका वृद्धका  सोही दिन  धरान-१८ घर भएका ८४ वर्षीय वृद्धको मृत्यु भएको थियो भने  साउन ३ गते धरान-५ घर भएकी ५३ वर्षीय विष्णुमाया कालिकोटको डेङगुको कारण मृत्यु भएको थियो ।

साउन ७ गते धरान-१० का ५६ वर्षका पुरुषको मृत्यु भएको छ ।  डेङगुका कारण  ४ महिला र ३ पुरुष गरी जम्मा ७ जनाको मृत्यु भई सकेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।

धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार ३ हजार ५ सय ३२ जना डेङगु परीक्षण गर्न गएका मध्ये २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत रहेको छ ।

घरैपिच्छे  डेङगु सङ्क्रमणका कारण घरका सम्पूर्ण सदस्य बिरामी रहेका छन् । तर स्थानीय सरकार धरान उपमहानगरपालिका भने मौन रहेको छ । कतिपय घरका सम्पूर्ण सदस्य बिरामी भएर तातोपानी समेत तताएर दिने मान्छे समेत छैन यस्तो अवस्था धरानमा खडकिरहेको छ । अस्पतालमा बिरामीको सङ्ख्या चापाचाप छ भने धेरै बिरामीको आर्थिक समस्याका कारण अस्पताल गएर चेकजाँच समेत गरेका छैन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]