• साउन १०, २०८०
  • जुनकिरी खबर

मेयर हर्क साम्पाङ बिरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र

alt

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले जातिय तथा धार्मिक सद्भाव खल्बल्याउने गरी अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गर्दै विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरुले   जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।

धार्मिक सद्भाव बिथोल्ने गरी अभिव्यक्ति दिएको भन्दै मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव मार्फ प्रधानमंत्रीलाई बुझाइएको ज्ञापन पत्रमा धरान उपमहानगरपालिका वडा नं. २ स्थित बालगोपाल मन्दिर र शिवशक्ति कल्याणी केन्द्र अगाडि निर्माण गरिएको चर्च भत्काउन माग समेत गरिएको छ । मोरङका हिन्दु जागरण नेपाल, सनातन युवा मंच, वैदिक कर्मकाण्ड परिषद लगायत १४ वटा संस्थाहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको संविधानले प्रदान गरेको धार्मिक स्वतन्त्रताको हकमा अर्काको धर्ममा खलल नपर्ने गरी आफ्नो धार्मिक हकको प्रयोग गर्न आग्रह गर्दै मन्दिर भएको क्षेत्र बाहिर चर्च स्थानान्तरण गर्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]