• साउन १२, २०८०
  • जुनकिरी खबर

धरानमा डेंगी प्रकोप : बालिकासहित थप पाँच जनाको मृत्यु

alt

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन १० गते उदयपुरको कटारी बस्ने २९ वर्षीय पुरुष र साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । तीमध्ये उदयपुरको कटारी बस्ने पुरुषको हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको थियो । यसअघि धरानका ४ जनाको मृत्यु भएको थियो ।

प्रतिष्ठानको डेंगी अस्पतालमा हालसम्म ५४ जना उपचारका लागि भर्ना भएका थिए । तीमध्ये ३७ जनालाई डिस्चार्ज दिइएको सहप्रवक्ता डा पोखरेलले बताए । उनका अनुसार डेंगी संक्रमण भएर उपचारका लागि आउने बिरामी डेंगी क्लिनिक र बीपी प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा चाप दिनदिनै बढेको छ । डेंगी क्लिनिकमा हालसम्म १ हजार ६ सय १६ जनाको जाँच गर्दा १ हजार २ सय ९८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार मात्र १ सय ४९ जनाको जाँच गर्दा १ सय १७ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । १ सय १७ जना संक्रमितमध्ये प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारी १५ जना अर्थात् करिब १० प्रतिशतमा डेगी पोजिटिभ देखिएको डा पोखरेलले बताए ।

स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कार्याल, टोल समिति (टिएलओ) सामाजिक संघसंस्थाहरु सर्च एन्ड डेस्ट्रोय अभियान नचलाई निष्क्रिय रहँदा डेंगी संक्रमणपछि दीर्घ रोगी र बालबालिकाको ज्यान जोखिममा परेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]