• साउन १७, २०८०
  • जुनकिरी खबर

इटहरीको सेउती पुलमा गोली हानि हत्या गर्ने समूह पक्राउ

alt

गत साउन ५ गते साँझ सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० सेउती पुल नजिक भएको हत्यामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।  पुल नजिक दुई जना केटाकेटी बसी रहेको अवस्थामा युवालाई गोली हानी हत्या गर्ने गिरोह मध्येको दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । बुधवार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले घटनामा संलग्नहरू मध्ये दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
 
उनीहरूले साउन ५ गते लुटपाट गर्ने क्रममा विराटनगर महानगरपालिका वडा नम्बर ५का रोहित चौधरीमाथि गोली प्रहार गरी हत्या गरेको  डिआइजी बास्तोलाले बताए । त्यो घटना हुनुभन्दा पहिला पनि यो समूहले विभिन्न व्यक्तिहरूसँग ३ पटक लुटपाट गरिसकेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
 
प्रहरीका अनुसार गत असार ८ गते धरान उपमहानगरपालिका १७ बस्ने एक महिलाको सुनका गरगहना लुटेको, असार २३ गते  प्रकाशपुर तर्फ जाँदै गरेको श्रीमान् श्रीमतीलाई रोकेर ३ जनाको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ। ‘उनीहरूको साथमा रहेको  शरीरमा लगाएको गरगहना लुटेको अनुसन्धानबाट खुलेको छ, डिआइजी बास्तोलाले भने, असार ३१ गते दिउँसो पनि त्यस्तै प्रकृतिको   घटना घटेको पाइएको छ । त्यो दिन  धरान १७ मा पनि यही समूहले एक व्यक्तिलाई खुकुरी र पेस्तोल देखाएर ५२ हजार नगद सहित विभिन्न सामान लुटिएको फेला परेको छ ।’  यो समूहले सर्वसाधारणलाई जुन ठाउँमा सुरक्षित देख्यो त्यही ठाउँमा लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको जनाइएको छ।
 
घटनामा संलग्न रहेकाहरू मध्ये लेटाङ नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय दीपक तिमिल्सिना रहेको प्रहरीले जनाएको छ।  हत्या गर्ने मध्येका एक तिमिल्सिनालाई प्रहरीले धरान उपमहानगरपालिका १० पुतली लाइनबाट पक्राउ गरेको जनाएको छ।  उनी जबरजस्ती करणी मुद्दामा  १० वर्ष कैद भुक्तान गरी २ महिना पहिला छुटेको र लागु औषध दुर्व्यसनी भएको डिआइजी बास्तोलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
 
त्यस्तै पक्राउ परेका धरान उपमहानगरपालिका १६का अनसन तामाङ समेत लागु औषध दुर्व्यसनीमा ६ महिना जेल परेर छुटेको ब्यक्ति भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट अटोमेटिक चाइनिज पेस्तोल, त्यसमा लाग्ने गोली, कालो झोला ५ थान, महिलाका ब्यागहरू ४ थान, दाव भएको खुकुरी, दाव नभएको खुकुरी, मोबाइल ५ थान, औँठी एक थान र फायर भएको खोका बरामद भएको  जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।   
 
हत्या गर्नु पूर्व यो समूहले चौधरीको साथमा रहेकी महिलालाई एक जनाले समातेको, अर्कोले सामान लुटेको तथा अर्को व्यक्तिले चौधरीलाई पक्रेर गोली हानेको अनुसन्धानबाट खुलेको ढकालले बताए ।  लुटेरा समूहले दुवै जनालाई समातेर  लुट्न थालेपछि चौधरी चिच्याउन थाले पछि प्रतिकार गर्ने डरले उनीहरूले गोली हानेर हत्या गरेको पक्राउ परेका व्यक्तिले स्वीकार गरेको ढकालले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]