• साउन १९, २०८०
  • जुनकिरी खबर

राष्ट्रिय स्वतन्त्र पाटी इटहरीले फिर्ता लियो जनता क्याम्पसको उम्मेद्धवारी

alt

इटहरीको जनता बहुमुखी क्याम्पसमा दलहरूसँग गठबन्धन गर्दै उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पाटीले २४ घण्टा पनि नबित्दै उम्मेदवारी फिर्ता लिएको छ । क्याम्पसको व्यवस्थापन समितिमा जान रास्वपाले अन्य दलहरूसँग गठबन्धन गरेको थियो । उसले गठबन्धनमा मात्रिका रेग्मीलाई उम्मेदवार पठाएको थियो । उम्मेदवारी दर्ता गराएका मात्रिका रेग्मीले आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले फेसबुक मार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । 
 
रास्वपाको कुनै विद्यालय, महाविद्यालय वा विश्वविद्यालयमा राजनीति नगर्ने नीति रहेको र सो नियमको पालना गर्ने भन्दै उम्मेदवार रेग्मीले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । 
उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी को कुनै पनि विद्यालय,महाविद्यालय वा विश्वविद्यालयमा राजनीति नगर्ने स्पष्ट केन्द्रीय नीति रहेको मेरो जानकारीमा आएकोले यही नोटिस मार्फत मैले मेरो उम्मेदवारी फिर्ता  लिएको र म कुनै पनि गठबन्धनको उम्मेदवार नरहेको सबैमा जानकारी  गराउँछु । आफ्नो उम्मेदवारी फिर्ता लिएर मैले पार्टीको नीति र स्पिरिटको पक्षमा उभिन चाहेको समेत स्पष्ट पार्न चाहन्छु ।’
 
बिहीबार मात्रै इटहरीका राजनीतिक दलहरूले गठबन्धन गरेर क्याम्पसको व्यवस्थापन समितिमा जाने निर्णय गरेका थिए । जहाँ रास्वपा पनि गठबन्धनमा सहभागी भएर भागबन्डामा सहभागी भएको थियो ।  
दलहरूको तर्फबाट जारी संयुक्त अपिलमा रास्वपाको तर्फबाट नगर सदस्य हिरामणि घिमिरेले हस्ताक्षर गरेको बताएका थिए । तर दलहरूको बैठकमा रास्वपाका नगर अध्यक्ष जीवन कुमार श्रेष्ठले नै हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा बताइएको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]