• साउन २३, २०८०
  • जुनकिरी खबर

इटहरीमा बस डिभाइडरमा ठोक्किएर दुर्घटना, १४ जना घाइते

alt

धरानबाट काँकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको छ । तरहराको होम्स नजिकै भएको दुर्घटनामा तीव्र गतिमा धरान तर्फबाट आइरहेको बस सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको हो । 
 
दुर्घटनामा १४ जना यात्रु घाइते भएको ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । घाइते मध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको धरान स्थित वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
 
तीव्र गति र वर्षाका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
 
पछिल्लो समय इटहरी र आसपासको क्षेत्रमा सवारी दुर्घटना बढेको छ । कोसी प्रदेशका तराईका जिल्लामा सञ्चालन हुने राता बसहरू तीव्र गतिमा सञ्चालन हुने गरेका छन् । तीव्र गतिमा गुड्ने राता गाडीहरू यात्रु देख्नासाथ  जहाँ पायो त्यही रोक्ने गरेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]