• साउन २६, २०८०
  • जुनकिरी खबर

निजी विद्यालयहरूले पठनपाठन बन्द गर्ने घोषणा

alt

नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयक विरुद्ध निजी विद्यालयहरूले पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् । सुनसरीका निजी विद्यालय सञ्चालकहरूले साउन २८ गते देखी पठन पाठन बन्द गर्ने घोषणा गरेका हुन् ।

प्याब्सन, एनप्याब्सन र हिसान सुनसरीले संयुक्त रूपमा सरकारको विरोधमा उत्रिने चेतावनी दिएका छन् । बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याउन लागेको शिक्षा विधेयकका केही प्रावधानहरू सच्याउनुपर्ने उनीहरूको माग छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयक संसदबाट पारित भएको अवस्थामा विद्यालय बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने हिसान सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराईले बताएका छन् । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा जानुपर्ने प्रावधान गलत भएको उनको भनाइ छ । 

गत साता मन्त्रिपरिषद्ले पास गरेर संसदमा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी विद्यालय ५ वर्षभित्र निजी वा सार्वजनिक गुठी रूपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छ । विधेयकको दफा ४ को उपदफा ३ र ४ ले गरेको व्यवस्था आपत्तिजनक भएको भट्टराईको टिप्पणी छ ।

संविधानमा सम्पत्तिको हक सँग बाझिने गरी सरकारले ल्याउन लागेको प्रावधान गलत भएको बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]