• साउन ३२, २०८०
  • जुनकिरी खबर

इटहरी ४मा एक महिलाको शव फेला

alt

इटहरी उपमहानगरपालिका ४ स्थित टेग्राखोलाको किनारमा एक महिलाको शव फेला परेको छ । वडा नम्बर ४ को सेतो बङ्गला बोर्डिङ स्कुल भन्दा केही पर टेङ्ग्रा खोलाको किनारमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय महिलाको शव भेटिएको हो । खोलाको किनारमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्ले जानकारी दिए । 
 
शवलाई उठाएर पोस्टमार्टमका लागि धरान स्थित वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डिएसपी काफ्लेले जानकारी दिए ।  शव सङ्खुवासभा मादी घर भई हाल इटहरी ४ मा कोठा भाडामा बस्दै आएकी सीता लिम्बूको भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
 
शवको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएको छ । महिलाको शरीरका विभिन्न भागमा निल डाम देखिएका छन् । कुटपिट गरी फालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृतक महिलाका श्रीमान् इन्भारो केयर कन्सन प्रा.लिमा फोहोर व्यवस्थापनमा काम गर्दै आएको स्थानीयले बताएका छन् । मृतक महिला र उनका श्रीमान् बिच झगडा भइरहने स्थानीयको भनाई छ । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]