• भदौ ४, २०८०
  • जुनकिरी खबर

संरचना भत्काउन इटहरी उपमहानगरपालिकाले पुनः १५ दिन समय थप

alt

खोला पैनी मिचेर बनाएका संरचना भत्काउन इटहरी उपमहानगरपालिकाले पुनः १५ दिन समय थप गरेको छ । यस अघि जारी ३५ दिने सूचनाको समय सकिए पछि १५ दिने सूचना जारी गरेको हो । 
 
इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन निर्मम हुने पटक पटक सार्वजनिक रूपमा बताएका छन् । मेयर पौडेलले खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलको दिएको प्रतिवेदनका आधारमा निर्मम भएर संरचना भत्काउने सार्वजनिक उद्घोष गरेका छन् । 
 
मेयर पौडेलले दिएको उच्च मनोबल लिएर प्राविधिक कर्मचारीहरू अहिले खोला पैनीको नाप जाँच गर्ने काम भइरहेको खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिए ।  
 
उपमहानगरले बनाएको खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका र अन्तर्गतको उपसमितिका प्राविधिक टोलीले टेँग्राखोलाको मुहानबाट नाप जाँच सुरु गरेको थियो ।
 ३५ दिन सम्म आइपुग्दा प्राविधिक टोली इटहरीको मुख्य बजार क्षेत्रको टेँग्रापुल सम्म नाप जाँच गरिसकेको छ । अब केही दिन भित्रमा इटहरीको सीमा सम्म पुगेर फिल्ड वर्क सकेर टेबल वर्क गरी रिपोर्ट पेस गर्ने तयारीमा रहेको इन्जिनियर दिपेश आचार्यले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]