• भदौ १५, २०८०
  • जुनकिरी खबर

इटहरीमा महिला उद्यमशिलता प्रर्दशनी मेला सुरु

alt

उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजना रहेको महिला उद्यमशिलता प्रर्दशनी मेलाको उदघाटन गरिएको छ । उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवद्धनमा जोड दिदै आगामी सोमबार सम्म सञ्चान हुने महिला उद्यमशिलता प्रर्दशनी मेलाको प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगरले एक कार्यक्रमका विच उदघाटन गरेकी हुन । पछिल्लो समय महिलाहरु उद्यमी ,व्यवसायी, र राजनीतिमा सक्रिय भएको देख्दा आफुलाई खुसि लागेको उनले बताईन ।

त्यसैगरि यस महिला उद्यमशिलता प्रर्दशनी मेलाले महिलाहरुको शिप र क्षमता बिकासमा कोसे ढुंगा बन्नेमा आफु बिश्वस्त रहेको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । इटहरीको लायन्स क्लवमा तीन दिन सम्म सञ्चालन गरिने महिला उद्यमशिलता प्रर्दशनी मेलामा स्थानीय उत्पादन सहितका विभिन्न सामाग्रीहरुका ७९वटा स्टल रहेका छन ।

इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा सुरु भएको उदघाटन सत्रमा प्रतीनिधि सभासद कल्पना चौधरी, प्रदेश सभासद मिना श्रेष्ठ , प्रतीनीधि सभा उप सभामुख इन्दिरा राना मगर लगायत मेला तयारीमा सहयोग पुरयाएको भन्दै विष्णु नारायण डागी लाई सम्मान गरियो ।

उद्यमशिलता प्रर्दशनीमा कार्यक्रम संयोजक मिना ढकालले प्रर्दशनी आयोजनाका विषयमा प्रकास पारेकी थिइन । कार्यक्रममा नेपा उद्योग वाणिज्य महासंघकी सदस्य तथा महिला उद्यमी समितिकी अध्यक्ष कमला श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य नविन रिजाल , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली लगायतका अतिथीहरुले उद्यमशिलता प्रर्दशनीको सफलताको शुभकामना दिएका थिए ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]