इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाउने निर्णय प्रति राष्ट्रिय स्वतन्त्र पाटीका कोसी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले असन्तुष्टि जनाएका छन् । प्रदेश प्रवक्ता मैनालीले उपमहानगरपालिकाको इ–रिक्सा( सिटी सफारी) प्रति दोहोरो नीति लिएको भन्दै असन्तुष्टि जनाएका हुन ।
साथै इटहरी उपमहानगरपालिकाले वृद्धि गरेको करको विरुद्धमा रास्वपाले महिना दिनदेखि आन्दोलन जारी राखेको छ । इटहरी उपमहानगरपालिकाको गेट अगाडी आन्दोलन गरिरहेको रास्वपाले आज कोणसभाको आयोजना गरेको छ ।
इटहरीका विभिन्न व्यक्ती सहितको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । भर्खरै रास्वपा प्रवेश गरेका कवि मनु मञ्जीलले कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजको भूमिकामा प्रश्न उठाए । नागरिकलाई समस्या परिरहेको बेला नागरिक समाज मौन भएको उनको भनाइ छ । नागरिकको दुखमा नबोल्ने नागरिक समाज दलहरूको दास भएको उनको तर्क छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved