• भदौ २०, २०८०
  • जुनकिरी खबर

कोशीमा हाम फालेका डाक्टरको शव ९ दिनपछि भेटियो

alt

९ दिनदेखि सम्पर्कबिहीन रहेका ३२  वर्षीय डाक्टर उज्वल कोइराला कोसी किनारामा मृत अवस्थामा फेला परेका छन् । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी झापामा कार्यरत डा.कोइराला उदयपुरको बेलका नगरपालिका ८ कोठुस्थित चतरा पुलछेउमा कार रोकेर बेपत्ता भएका थिए । 

डा. कोइरालाको शव मंगलबार सुनसरीको वराहक्षेत्र नगरपालिका -२ स्थित कोसी वगरको तेराआरी भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले बताए । उनको शव नदी किनारमा सडिसकेको अवस्थामा फेला परेको उनले बताए ।

झापा दमक नगरपालिका १ का स्थायी बासिन्दा कोइराला ट्रमा सेन्टरमा जनरल सर्जन थिए । प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कारमा सवार कोइराला भदौ १० गते राति २ बजे पुलछेउमा कार पार्किङ गरेर बेपत्ता भएका थिए । 

उनी सम्पर्कबिहीन भएको भन्ने खबर परिवारबाट पाएदेखि नै प्रहरी उनको खोजीमा जुटेको थियो । खोजीकै क्रममा उनी सवार कार पुलछेउमा पार्किङ गरेको पाइएपछि सीसी टीभी रेकर्डको सहाराले खोजी कार्य तीब्र पारिएको थियो । सीसी टीभीको फुटेज पछ्याउँदै जाँदा उनको शव फेला परेको प्रहरी भनाइ छ ।

कार पुलछेउमा पार्किङ गरेको र जुत्ता,मोजा र मोबाइल पुलको बीचमा छाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जुत्ता,मोजा र मोबाइल पुलमै छाडेर हिड्नुले डा.कोइराला मानसिक तनावमा रहेको र आत्महत्या गरेको हुनसक्ने डीएसपी चौधरीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]