• भदौ २१, २०८०
  • जुनकिरी खबर

धरान १५ मा सिलिण्डर पड्केर आगलागी

alt

धरान १५ मा ग्याँस सिलिण्डर पड्केर आगलागी भएको छ । सयपत्री मार्गस्थित गायत्रीप्रसाद धितालको एकतले काठको घरमा आगलागी भएको धरान उपमहानगरपालिकाको वारुणयन्त्र शाखाले जानकारी दिएको छ । घर पूर्णरुपमा क्षति भएको छ । क्षतिको विवरण भने आएको छैन । घरमा भएका सबै सरसामान जलेका छन् ।  

बिहान १० बजे लागेको आगो धरान उपमहानगरपालिकाका तीनवटा दमकलले डेढघण्टामा नियन्त्रणमा लिएको वारुणयन्त्रका जमदार विजय थापा मगरले जानकारी दिए । 

बाटो सानो भएकाले पालैपालो दमकल प्रयोग गर्दा डेढ घण्टा समय लागेको जमदार थापा मगरले बताए । क्षतिबारे टिपोट संकलन भइरहेको बताइएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]