• भदौ २५, २०८०
  • जुनकिरी खबर

इटहरीमा अब निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा

alt

इटहरी उपमहानगरपालिकाले सोमबारदेखि  निःशुल्क एम्बुलेन्स र शव वाहन  सुरु गरेको छ ।  इटहरीको जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भित्र  सेवा सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ। 
 
इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको नगर प्रमुख हेम कर्ण पौडेलले जानकारी दिए ।  नगर भित्र घर देखि घाटसम्म शव वाहन र घर देखि इटहरी अस्पतालसम्म निःशुल्क  संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ । 
 
एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार हुने मेरो योजना थियो, उनले भने, मेरो उद्देश्य इटहरीको जनता उपचारको लागि धरान विराटनगर जानु नपरोस् भन्ने हो ।’ स्थानीय श्रोत साधनलाई प्रभावकारी बनाउने काममा उपमहानगरपालिका लागेको पौडेलले बताए ।
 
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स र शव वाहनको अभाव भएको कारण देखाउँदै इटहरी उपमहानगरपालिकाले शवबहान र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]