• भदौ २, २०७६
  • जुनकिरी खबर

पाँचथर–ताप्लेजुङका ग्रामीण सडक कालोपत्रे हुँदै

alt

प्रदेश १ का पाँचथर र ताप्लेजुङका पाँचवटा ग्रामीण सडकमा कालोपत्रे गरिने भएको छ । प्रदेश १ सरकारको सहयोगमा फिदिमस्थित पूर्वाधार विकास कार्यालय पाँचथरमार्फत ती सडक कालोपत्रे बन्ने भएका हुन् । पाँचथरका फिदिम–फालोट सडक, सिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक र सखरखण्डे–यासोक सडकमा कालोपत्रे हुने भएको हो । त्यस्तै, ताप्लेजुङको मामांखे–याम्फुदिन सडक, गुफा–भुजे–देउराली–गोर्जा–चाँगे दोभान सडक कालोपत्रे हुने भएको हो ।

फिदिम–फालोट सडकखण्डको १० दशमलव १२ किलोमिटरमा कालोपत्र हुने भएको हो । उक्त कामको ठेक्का कन्काई पीएसजेभीले ४६ करोड ४८ लाख रुपैयाँमा पाएको हो । सिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडकको १३ दशमलव ९२ किलोमिटर कालोपत्रे हुने भएको हो । उक्त सडकको ५९ करोड ३६ लाख रुपैयाँमा कान्छाराम याक्थुमहाङ निर्माण सेवाले ठेक्का पाएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले बताए ।

सरखण्डे–यासोक ११ दशमलव ३१ किलोमिटर सडकको कालोपत्रे सांग्रिला जेभीले गर्ने भएको हो । सांग्रिलाले ४७ करोड ७ लाख रुपैयाँमा ठेक्का पाएको हो । उता, ताप्लेजुङको मामाङ्खे याम्फुदिन खण्डको ७ दशमलव ४ किलोमिटरमा कालोपत्रे हुनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]