• असोज ३, २०८०
  • जुनकिरी खबर

इटहरीका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित

alt

सरकारले ल्याउन लागेको विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक २०८० प्रति आपत्ती जनाउदै आएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वान अनुसार काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी इटहरीका सामुदायिक विद्यालयका शिक्षकहरु पनि जाने भएका छन ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिमा आवद्ध विभिन्न शिक्षकसंग सम्वन्धित संगठनका तर्फबाट काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन इटहरीका शिक्षकहरु पनि जाने भएका हुन ।

इटहरी उपमहानगरपालिका शिक्षा शाखालाई नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्धारा घोषित आन्दोलन परिचालन समिति इटहरीका तर्फबाट असोज ३ गते देखि अनिश्चितकालिन विद्यालय बन्द गराएर आन्दोलनमा सहभागी हुन जान लागेको जानकारी पत्र वुझाइएको छ । शिक्षा शाखालाई वुझाइएको जानकारी पत्रमा महासंघको आन्दोलनका कारण हुन जाने शैक्षिक क्षतीलाई हिउँदे विदाबाट परिपूर्ती गर्ने प्रतिवद्धता समेत जनाइएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्धारा घोषित आन्दोलन परिचालन समिति इटहरीले शिक्षा शाखालाई जानकारी पत्र वुझाएको र शैक्षिक क्षतीलाई हिउँदे विदाबाट परिपूर्ती गर्ने समेत जनाएको शिक्षा शाखा प्रमुख फाल्गुणी काफ्लेले वताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]