• असोज ७, २०८०
  • जुनकिरी खबर

कोशीमा २९५ प्रहरी जवान दीक्षित

alt

प्रहरी जवान १४० औ समूहको आधारभूत तालिममा सहभागी २९५ जना प्रहरी जवानहरू दीक्षित भएका छन् । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित तालिमबाट उनीहरू दीक्षित भएका हुन्  । 
 
२०७९ साल कार्तिक २० गते देखि सञ्चालित २ सय ३४ कार्य दिनको प्रहरी जवान १४० औ समूहको आधारभूत तालिम पश्चात्  प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले तालिम पुरा गरेका जवानलाई दीक्षित गरे ।   प्रहरी जवान १४० औ समूहको आधारभूत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।  
 
दीक्षान्त समारोहमा तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक रबिन विष्टले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । उनले तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई नेपाल र नेपाल प्रहरी सङ्गठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी गराए  । 
 
डिआइजी बास्तोलाले प्रशिक्षार्थीहरूलाई तालिम अवधि भर लिइएको चरणगत परीक्षाको प्राप्ताङ्क आधारमा विभिन्न विधामा उत्कृष्ट हुने  प्रशिक्षार्थी प्रहरी जवानहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरेका थिए ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]